भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा सर्लाहीस्थित द्वन्द्वपीडित बालगृहले लिने

काठमाडौं । भूकम्पमा परेर अभिभावक गुमाएका दश बालबालिकाको जिम्मा सर्लाहीस्थित द्वन्द्वपीडित बालगृहले लिने भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परि अभिभावक गुमाएका १० जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्न आफूहरू तयार रहेको द्वन्द्वपीडित बालगृहले जनाएको छ । यसका लागि तिहारपछि संस्थाको एक टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर अभिभावक गुमाएका बालबालिकाको पहिचान गर्ने संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए ।

चेतना सन्देश नेपालबाट सञ्चालित यस बालगृहमा ३५ जना अभिभावक गुमाएका बालबालिका अश्रित छन् । जन आन्दोलन र मधेस आन्दोलनमा अभिभावकविहीन बालबालिकाहरु बालगृहमा बसेर अध्ययन गरिरहेका छन् । यो संस्था विभिन्न दाताहरुको सहयोगबाट चलिरहेको संस्थाका संस्थापक आरती लामाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *