काठमाडौं। भ्रटाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिने बताउनु भएको छ। देउवाले भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागिपरेको बताउनु भयो ।
‘आज भ्रष्टाचारविरद्ध ऐक्वेबद्धता जाहेर गर्ने दिन हो । भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पुरा गर्न सकिन्छ’, देउवाले भन्नुभयो, ‘भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागेको छ ।’ देउवाले भ्रष्टाचारविरद्ध सचेतना कार्यक्रम गर्न जरुरी रहेको पनि बताए । असल अभ्यासको अनुसरण गरेर भ्रष्टाचार अन्त्य गर्दै सदाचार र सुशासनको कार्यमा लाग्न पनि उनले आग्रह गरे ।