मन्त्रिमण्डल पुनः हेरफेर हुने

काठमाडौं। मन्त्रिमण्डल पुनः हेरफेर हुने भएको छ । दुई दिन अघि मात्र एकीकृत समाजवादीका तर्फबाट मन्त्रिमण्डल हेरफेर भएको थियो । त्यस लगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय गरेको छ । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्षीय नेतालाई भने बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *