महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी मनाइयो

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइएकाे छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गर्ने प्रचलन रहेकाे हाे । साथै सेनाको स्थापना दिवस पनि आजैका दिन पर्ने भएकाले यसको थप गरिमा बढेकाे छ ।

यो वर्षको शिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनहरुको उत्साहाजनक उपस्थिति रहेको छ । पशुपनिनाथ मन्दिरमा शनिबार बिहान ३ बजेदेखिनै भक्तजनको भीड लागेको थियो । त्यसका लागि आराध्यदेव पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खोलिएको थियो । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर फूल तथा झिलिमिलि बत्तीहरुले सजाइएको छ ।

शिवरात्रीको दिन पशुपतिनाथमा रातको ४ प्रहरमा ४ प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्य बत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । यस दिन भगवान शिवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मठ मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन रहेकाे भक्तजनहरुकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *