काठमाडौं । नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको निधन भएकाे छ । गुरूङकाे ६८ वर्षको उमेरमा सोमबार ललितपुरको हिरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
अस्पताल स्राेतका अनुसार उहाँकाे निधन १ बजेर ४५ मिनेटमा भएकाे थियाे । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गर्नुभएका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहनुभएकाे थियाे । उहाँको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो ।