मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन

सप्तरी । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।

नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको शनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुग्नुभएका वरिष्ठ पत्रकार भट्टराईलाई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिएको हो ।

सर्लाहीको लालबन्दीदेखि आठ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण उहाँको निधन भएको ह‍ो ।

सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि पार्थिव शरीर शनिबार नै सप्तरीको राजविराज–७ स्थित उहाँको घरमा ल्याउने नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी दिनुभयो । 

एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उहाँ ननिस्किएपछि खोजिएको थियो । उहाँका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । राति कोठामा एक्लै सुत्नुभएका उहाँ सुतेको कोठामा रगत बान्ता भएको तथा उहाँले सेवन गर्दै आएक‍ो औषधिहरू छरिएको भेटिएको थियो । 

कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको स्थानीय पत्रकारले बताएका छन् । पाँच  दशकदेखि सप्तरीको पत्रकारितामा उहाँको सक्रिय योगदान रहँदै आएको थियोे । उहाँले पछिल्लो तीन वर्षदेखि मधेस प्रदेशमिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आउनुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *