मेची कोरिडोरको निर्माण कार्य सुस्त

इलाम । इलामसहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने मेची कोरिडोरको निर्माण कार्य सुुस्त हुँदा सर्वसाधरणले दुःख पाएका छन् । निर्माण कार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेटसमेत निकास नहुँदा आयोजना कहिले पूरा हुने हो भन्ने अन्योल थपिएको छ ।

मेची राजमार्ग भएर इलाम सदरमुकामबाट झापाको व्यपारिक केन्द्र विर्तामोड पुुग्न ७० वटा भन्दा बढि गोलाई छिचोल्दै ८३ किलोमिटर पार गर्नु पर्छ । तराई झर्न द्रुतमार्ग मानिएको करिडोरको इलाम विर्तामोड खण्डको जम्मा दुरि ४८ किलो मिटर छ ।

इलाम खण्डको माई नगरपालिका क्षेत्रको करिब १२ कलिोमिटर खण्ड कालेपत्रे भइसकेको छ । र वाँकी २० किलोमिटर क्षेत्रको ठेक्का लागेर काम भइरहे पनि ढिलो भएकाले छोटो समयमा सहज गरि झापा झर्ने स्थानीयको चाहना तत्काल पूरा हुने अवस्था नदेखिएको स्थानियको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *