म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु

बेनी । म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको छ । मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा अन्य ३ जना बेपत्ता भएका छन् । स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । 

गोठे बिकका छोरा राजन र नविनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिनुभयो ।

गोठे र उनकी श्रीमती गोरी बिक घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *