काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो १ सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । बिहीवार फेसबुकमार्फत आफू मेयरमा निर्वाचित भएको सय दिनमा १३ बुँदे उपलब्धि हासिल गरेको बताएका छन् ।
एक सय दिनमा के गर्यौँ भनेर प्रश्न गर्नेहरूका लागि भन्दै उनले सार्वजनिक गरेको उपलब्धिमा श्रम संस्कृतिको शुरूवातदेखि खानेपानीको व्यवस्थापनसम्म छ । साम्पाङले यो अवधिमा जनपरिचालन र सहभागिता जुटाएको, ६ लाख विरुवा रोपेको, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएकोसम्म उल्लेख गरेका छन् ।
हर्क साम्पाङले फेसबुकमार्फत सार्वजनिक गरेको एक दिने उपलब्धिहरू
१०० दिनमा के गरिस् तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तरः
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !