रणनीति मिलाउन नसक्दा दुर्घटना भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएकाे छ। चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताउनुभएकाे हाे ।

‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,’ उहाँले भन्नुभयाे । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।

गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै अब जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *