रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना भएको छ । 

उर्जा मन्त्री पम्फा भुसालले मंगलवार उक्त चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको छ । सो क्रममा उहाँले पहिलो चरणमा देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेशन राखिने बताउनुभयो । अहिले जडान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *