राजस्व चुहावट गरेको आरोपमा नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर गरेको छ ।

ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा बदनियतपूर्वक राजस्व छली गरेको आरोपमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित ४ जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए

राजस्व चुहावटमा संलग्न रहेको आरोपमा आयोगले चौधरीसहित त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्ध पनि मुद्दा दायर गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *