रामेछापमा बोलेरो जिप दुर्घटना

रामेछाप । रामेछापमा बोलेरो जिप दुर्घटना भएकाे छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो ।

कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ । दुर्घटनामा परी ११ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । घाइतेहरूमध्ये ३ जनाको अवस्था जटिल छ ।

प्रहरीका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । ४ जना घाइतेहरूलाई गाडीमार्फत काठमाडौंतर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *