राष्ट्रपतिबाट भण्डारीद्वारा ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरुसँग आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरुसँग आह्वान गरेकी छन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गरेकी राष्ट्रपति कार्यालयले जानकारी दियो । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो ।

संविधानको धारा–७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले संसदमा रहेका दलहरुलाई आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *