राष्ट्रपति कार्यालयमा रात्रिभोज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न रात्रीभोजको आयोजना गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री, सरकारका मन्त्री, संघीय संसदका दुवै सदनका सांसद, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ वर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाउनुभएको छ । आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । कार्यकाल सकिने बेलामा राष्ट्रपति भण्डारीले रात्रिभोजको कार्यक्रम आयोजना गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *