काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विद्येयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्नुभएको छ ।
नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनुपर्नेलगायतको बिषयलाई सम्वोधन गनुपर्नेलगायत बिषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विद्येयक संसदमा फिर्ता गरिदिनुभएको थियो । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गर्नुभएको हो ।
विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक रहेको थापाको भनाइ छ । राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको उहाँले बताउनुभयो ।
राष्ट्रपतिले वियक फिर्ता गरेको बिषयलाई संघीय संसदले हठ गर्न नहुने भन्दै थापाले सो बिषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिनुभयो । ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलोगर्ने काम सरकारले गरेको हो।अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’