काठमाडौं । हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिनुभएकाे छ । तामाङ मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाँधिनुभएकाे हाे ।
भक्तपुरको एक पाटी प्यालेसबाट तामाङ परम्पराअनुसार विवाह सम्पन्न भएकाे विभिन्न कलाकारहरूले सामाजिक सञ्जालनमा जनाएका छन् ।
विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति रहेकाे जनाइएकाे छ ।
हाँस्य कलाकारितामा उहाँ हैट नामले चर्चित हुनुहुन्छ ।