विशेषबाट सफाइ, सर्वाेच्चमा पुनरावेदन

काठमाडौं । विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन दिएको छ ।

पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’ सम्बन्धी आठ र ‘प्रश्नपत्रको गोपनीयता भंग’ तथा ‘झुटा बिल भर्पाईका’ एक/एक छन् ।

आयोगले विशेष अदालतको फैसला चित्त नबुझाई गत २ असोजमै पुनरावेदन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयबमोजिम गत ९ साउनमा सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *