विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध शतक

काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध शतक बनाएका छन् ।

भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि वार्नरले ९१ बलमा शतक बनाएका हुन् । त्यसक्रममा उनले ११ चौका र तीन छक्का हानेका थिए ।

ओडीआई क्रिकेटमा वार्नरको यो २२ औं शतक समेत हो । उनी थप दुई बलमा चार रन जोडेर १०४ मा पभेलियन फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *