विश्वकै बढी आम्दानी गर्ने खेलाडी बने क्रिस्टियानो रोनाल्डो

काठमाडौं । लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै बढी आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् । 

फोर्ब्सका अनुसार सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो अवसर हो । सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् । 

साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् । पोर्चुगिज खेलाडीले क्रमशः ४.६ करोड डलर र ९ करोड डलर आम्दानी गरेका छन् । 

अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे ।  सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *