काठमाडौं । मुलुकको सबै भन्दा ठूलो र पूरानो वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ । ३ महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने वीर अस्पतालले जनाएकाे हाे । २०७२ सालको भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष सञ्चालन हुने भएकाे छ ।
साेही अस्पतालमा नयाँ भवनबाट वार्ड सञ्चालन हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रबार डा. सन्तोष पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको थियो । यसअघि डा. भूपेन्द्र बस्नेत वीर अस्पतालका कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।