शरतसिंह भण्डारी मन्त्री बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले गठबन्धन सरकारमा शरतसिंह भण्डारीलाई पठाउने भएको छ । 
गठबन्धन सरकारमा लोसपाको भागमा एउटा मन्त्रालय परेको छ ।   

बालुवार सोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई गडबन्धनको सहमति अनुसार श्रममन्त्री बनाउने तयारी गर्नुभएको छ ।

पंचायतबाट राजनीति शुरु गर्नु भएका भण्डारी, नेपाली कांग्रेसमा विभिन्न पटक मन्त्री बन्नु भएको थियो ।  २०६३ सालको तराई आन्दोलनपछि कांग्रेस छोडेर मधेसवादी दलतिर लाग्नु भएको हो । विभिन्न पटक मन्त्री भइसक्नु भएका भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित हुनुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *