शिक्षामन्त्री पाैडेलद्वारा बागलुङ २ बाट उम्मेदवारी मनाेनयन दर्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

गठबन्धनका साझा उम्मेदवार माओवादी नेता पौडेलले ३ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे।

उहाँविरुद्ध नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दिनुभएकाे छ। त्यसैगरी, प्रदेश सभामा नेपाली कांग्रेसबाट जित शेरचन र दोर्ण कुँवरले उम्मेदवारी मनोनयन गराउनुभएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *