संसद भवनमा उपराष्ट्रपति चयनका लागि मतदान शुरु

काठमाडौं । उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से हलमा बिहान १० बजेबाट मतदान शुरु भएको छ । मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी अष्टलक्ष्मी शाक्यले मतदान गरिसक्नुभएको छ ।

उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् । यद्यपी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *