काठमाडौं । बिहीबार साँझ ५ बजे सार्वजनिक गर्ने तयारीमा रहेको सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता घटक दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । सत्ता गठबन्धन कार्यदलले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिन छलफलमा जुटेको हो । बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दिएको जानकारी अनुसार आज नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको छ । अहिले गठबन्धनमा आबद्ध दशै दलका नेताहरू बालुवाटार छलफलमा सहभागी रहेको पनि सचिलायले जनाएको छ ।
नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले नीति तथा कार्यक्रम बनाएको हो ।