सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट शुरु गर्ने

काठमाडौं । दशैं नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट शुरु गर्ने भएको छ ।  पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दशैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।  यो वर्षको दशैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *