सवारी दुर्घटना एकको मृत्य

कैलाली । सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा  पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउदै गरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते हुनुभएको थियो । ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *