सातदलीय गठबन्धनको बैठक संसद भवनमा बस्दै

काठमाडौं। नेकपा एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक ११ बजे संघीय संसद भवन बानेश्वरमा बोलाइएको छ । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेता जुट्न लागेका हुन् ।

एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ । गठबन्धनमा ‘पावर शेयरिङ’ टुंग्याउन बाँकी छ । आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी(एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।

अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा गठबन्धनका दलहरू लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *