काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले सातै प्रदेशमा मुख्यमन्त्रीसहितको भागबन्डामा सहमति गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बेठकले सातै प्रदेशमा भागबन्डा मिलाएको हो ।
उच्च स्रोतका अनुसार मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ । दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ । वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।
गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ । कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ ।
प्रदेश १ मा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको पद पद पाइसक्नु भएको छ भने आधा कार्यकाल माओवादीका इन्द्रबहादुर आङ्बो मौसमले नेतृत्व गर्नेगरी सहमति भएको छ ।