साना दल फकाउँदै एमाले

काठमाडौं । आगामी सरकार गठनबारे नेकपा (एमाले) ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङसँग चार दिनअघि छलफल गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेटघाट गरेका छन् ।

शुक्रबार राति ओली निवास बालकोटमा आगामी सरकार गठनबारे छलफल भएको हो । सत्तारूढ गठबन्धनसँग स्पष्ट बहुमत नभएको अवस्थामा साना दलको समर्थनमा सरकार गठनका लागि एमालेले छलफल थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *