काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर नउठेपछि सरकार त्यसबारे गम्भीर भएको छ । फोहोरको अवस्थाबारे मन्त्रिपरिषदमा छलफल भएको छ ।
शीतल निवास, सिंहदरबार र बालुवाटारमा फोहोर नउठेर गन्हाउन थालेपछि मन्त्रिपरिषदको मंगलबारको बैठकमा त्यसबारे गम्भीर रुपमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
स्रोतका अनु्सार बैठकमा मन्त्रीहरुले शीतल निवास, सिंहदरबार र बालुवाटारमा फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनलाई गम्भीर रुपमा लिँदै त्यसबारे छलफल गरेका हुन् । बैठकले मेयरको त्यस्तो अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।