सुकुम्बासीद्वारा महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै माइतीघर मण्डलामा आन्दोलन

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध उपत्यकाका सुकुम्बासी महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका छन् । महानगरले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, महानगरका नगरप्रहरीमाथि ढुंगामुडा हुँदा ३६ जना नगरप्रहरी घाइते भएका थिए ।

ढुंगामुडाबाट घाइते भएका नगरप्रहरीले सुकुम्बासीविरुद्ध काठमाडौं प्रहरी परिसर उजुरी दिएका छन् । उजुरीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *