सुनको मूल्यमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ रूपैयाँले घटेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *