सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४ सयले घटेर ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *