सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँले बढेर एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य शुक्रबार १५ रूपैयाँले बढेर १ हजार ३९५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *