काठमाडौं । कवि तथा साहित्यकार सुबिन न्यौपानेद्वारा लिखित कविता संग्रह ‘कमरेडको जनै’ बिमोचन भएको छ ।कबिता बिमोचन कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महामन्त्री बिस्वप्रकाश शर्मा , बिषेश अतिथी कुशल समालोचक , सम्पादक तथा लेखक डा. बिन्दु शर्मा, सम्पादन, समालोचक तथा राजनितीज्ञ मानुषी यमि भट्टराई लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै डा. बिन्दु शर्माले न्यौपानेको कमरेडको जनैमा भुतका पक्ष, बर्तमानका पक्ष तथा भबिस्यको पक्षलाई बुनेर उत्कृष्ट कबिता रचेको बताइन् ।
त्यस्तै मानुषि यामी भट्टराईले भनिन् – यो पुस्तकमा लेखकले शिर्षकमा टेकेर क्रान्तिकारी कबिता लेखेका छन् । राजनितिको हिसाबले हेर्दा कबिताले आफैँलाई प्रतिनिधित्व गरेको जस्तो लाग्यो र मैले यो स्विकार्नु पर्छ ।
यसै बिचमा बोल्दै प्रमुख अतिथी बिश्वप्रकाश शर्माले भने- ” म यो पुस्तक बिमोचनमा आउनुको प्रमुख कारण पुस्तकको नाम हो । म पुस्तकको नाम सुन्नेबित्तिकै तानिएँ, । पहिलो प्रयासमै यति ब्याङ्यात्मक तथा ससक्त कबिता लेख्नु भएको छ । तपाइँसंग प्रशस्त सम्भावना छ र भोलिका दिनमा उत्कृष्ट कवि भएर निस्किनुहुनेछ । यो भन्न मैले कन्जुस्याईँ गर्नु हुन्न ।”
यसै बिच शर्माले काठमाडौंको फोहोर व्ययबस्थापनका लागि तीन ठूला दलहरू मिलेर मेयर बालेनलाई साथ दिनुपर्छ । साथै बन्चरे बासी जनताको जायज मागलाई सम्बोधन गरि दीर्घकालीन फोहोरको व्यबस्था गरिनुपर्छ । त्यसमा हामी निरन्तर साथमा छौँ ।
फोहोरको ढङ्गुरमा उभिएर म सभ्यताको गित कसरी गाउँ ? भनेर पनि कविता लेख्नुस भनी न्यौपाने लगायत सबैलाई प्रेरणा दिएका छ्न् ।