स्वतन्त्र उम्मेदवार हमाल धनगढीको मेयरमा निर्वाचित

काठमाडौं। धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वडलाई १२ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।

हमालले २६ हजार ८६५ मत ल्याउँदा वडले १४ हजार ८१७ मत ल्याए। एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए । अघिल्लोपटक वडसँग हमाल पराजित भएका थिए । त्यतिबेला पनि हमाल स्वतन्त्र उम्मेदवार थिए ।

सुदूरपश्चिम प्रदेशको उपमहानगरपालिका धनगढीमा हमालको विजयलाई अर्थपूर्ण मानिएको छ । सुदूरपश्चिम नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश हो । कैलालीमा पर्ने धनगढीको उक्त क्षेत्र देउवा पत्नी आरजु देउवाको चुनावी क्षेत्र पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *