काठमाडौं। नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आज काठमाडौं महानगरपालिकामा विरोध प्रदर्शन एवम् धर्ना कार्यक्रम गर्दै छ। महानगरपालिका भित्र रहेका सडकपेटी र गल्लीहरूमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्ने लगायतका कारबाही गरेको भन्दै संघले विरोधका कार्यक्रम गर्न लागेको हो । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहान ११ बजे सुन्धाराबाट विरोधका कार्यक्रम अघि बढाउने जनाएको छ ।
संघले स्वरोजगार श्रमिकको व्यवस्थापन गर्नुपर्ने ठाउँमा विस्थापन गरेको भन्दै त्यसको विरोधमा धर्ना दिन लागेको हो । स्वरोजगार श्रमिकलाई बेरोजगार बनाउने काम महानगरपालिकाले गरेको उनीहरूको आरोप छ ।