हेर्नुस्, निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नामावली

काठमाडौं । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो । सरकारले विगतका वर्षमा जस्तै यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गरेन ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् ।

यसैगरी मनिता न्यौपाने, किशोर पन्थी, नवराज तामाङ ब्लोन, युक्त प्रसाद सुवेदी, शशिघर सेढाई, ठाकुर प्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहर लाल अहिरले पनि ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाएका छन् ।

यसैगरी राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडाकी नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *