काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज सोमबार १२.५८ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ६६ विन्दुमा बन्द भएको छ । आज एक अर्ब १७ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने १५८ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६।८८ प्रतिशतले बढेर प्रतिकित्ता ५१३ रुपैयाँ पुगेको छ ।
बराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।