१५.९२ अंकले बढ्यो नेप्से

काठमाडौं। आज नेप्से परिसूचक दोहोरो अंक १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा अडिएको छ। आज ६६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

२२९ कम्पनीको २१ लाख सात हजार ७४२ कित्ता सेयर ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। आइतबार २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा खरिदबिक्री भएको थियो। १३ वटा समूहमध्ये म्युचुअल फन्ड र होटल एण्ड टुरिजम समूहको सूचक घट्यो बाँकी समूहको परिसूचक बढेको छ।

सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ। अभियान लघुवित्तको ६.०७ प्रतिशत, अपर हेवाखोला जलविद्युतको ६.०३ प्रतिशत र हिमालयन पावर पार्टनरको ५.९९ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। रिडीको २ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *