२७.९२ अङ्कले घट्यो नेप्से

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ । शेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको हो ।

सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकममा पनि निरन्तर कमी आउन थालेको छ । आज दुई सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गुराँस लघुवित्तको शेयर सात प्रतिशत र हिमालयन डिस्टिलरीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युतको शेयर आठ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *