४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको छ । हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८०० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । हिजो तोलामा १ हजार २४५ रुपैयाँ मूल्य रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *