प्रधानमन्त्री दाहालले ४ बजे पद तथा गोपनीयताको शपथ लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्री सहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ ।सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *