सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपियाँले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपियाँ रहेको छ । यसैगरी, आइतबा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपियाँले बढेर १३ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *