काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको रूफटप छैठौं तलाबाट खसेर उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनी दिउँसो सवा २ बजे खसेका थिए। प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासी ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए। खसेर गम्भीर घाइते भएका उनलाई ट्याक्सीमा हालेर सिभिल अस्पताल लगिएको थियो।
उक्त अस्पतालबाट थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको साढे ५ बजे मृत घोषणा गरिएको एसपी रिजालले बताए। उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ हुन्।