घटनाको सत्यतथ्य छानबिनको माग गर्दै माइतीघरमा धर्ना

धनुषा । धनुषा नगराईन वार्ड नम्बर ८ कि मृतक आरती साहको मृत्युको घट्नाको सत्यतथ्य छानविनको माग गर्दै  पीडित माइती पक्षले धर्ना दिएका छन् ।

प्रहरी प्रशासन नै घट्नाका दोषीहरुको बचाउतिर लागेको भन्दै घटनाको तत्काल निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटना संलग्न मृतक आरती शाहका श्रीमान मोतीबाबु साह, सासु रेनु देवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहलाई कारबाहीको माग गर्दै काठमाडौं माइतिघर मण्डलामा धर्ना दिएका हुन् ।

गत जेठ ६ गते राती आरती शाहको मृत्यु भए पनि जेठ ७ गते मात्र मृतकका परिवारले माइति पक्षलाई जानकारी दिएको र घटना शंकास्पद देखिदा देखिदै पनि प्रहरी प्रशासनले आत्महत्या देखाई घटनालाई सामान्य बनाएको पीडित माइति पक्षले बताएका छन् । मृतक आरतीको शरीर भरी निलडामहरु प्रष्ट देखिए पनि अस्पतालले पोष्टमार्टम रिर्पोट झिनो र अलमल्याउने खालको दिएको पीडित पक्षले गुनासो गरेका गरेका छन् ।

२ महिनाकी गर्भवती मृतक आरती शाहको लागि न्याय माग्दा उल्टै प्रहरी प्रशासनले पीडित माइति पक्षलाई धम्क्याई कुटपिट समेत गरेको मृतकका दाजु प्रेम साहले बताउनु भएको छ । प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेद प्रकाश गौतम सहितका प्रहरीहरुले पीडित पक्षलाई आफ्नो कार्यकक्षमै बोलाएर कुटपिट गरेको पीडित माइति पक्षले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *