सगरमाथा इन्स्योरेन्स कम्पनीले गर्‍यो सम्मान कार्यक्रम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाको २७ वर्ष प्रवेशको पूर्वसन्ध्यामा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले स्थापनाको पूर्वसन्ध्यामा सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा कम्पनीले संस्थामा लामो समयदेखि काम गरेका कर्मचारी, व्यवस्थापक र सेयरधनीलाई सम्मान गरेको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्ससँग मर्जरका लागि अन्तिम हस्ताक्षर गरिसकेको सगरमाथा जनरल इन्स्योरेन्सले देशभर ८७ वटा शाखा तथा उपशाखाबाट निर्जिवन बीमा सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष आर के मानन्धरले कोरोना महामारी र त्यसपछि उत्पन्न परिस्थितिका कारण कम्पनीको रजत जयन्ती मनाउन नपाएपनि मर्जरको पूर्वसन्ध्या र कम्पनीको स्थापना दिवसको सन्दर्भ पारेर सम्मान कार्यक्रम गरेको बताउनुभयो ।

उहाँले संस्थामा लामो समयदेखि कार्यरत कर्मचारी, व्यवस्थापक र सेयरधनीको प्रोत्साहनका लागि सम्मान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरका लागि अन्तिम सम्झौता गरेसँगै कम्पनीले शाखा मिलान र अन्य व्यवस्थापनको काम जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *