साइकल दुर्घटना हुदा एक जना किशोरको मृत्यु

मोरङ, कोशी प्रदेश, केराबारी गाउँपालिका–७ मा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। केराबारी–७ का १७ वर्षीय निर्मल महतोले आफ्नै घरअगाडि कुदाउँदै गर्दा अनियन्त्रित भएर बिहीबार दिउँसो साइकल लडेको थियो। प्रहरीका अनुसार अनियन्त्रित भएर लडेको साइकलको हेण्डिलले महतोको पेटमा लागेको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा राति ११ः३० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *