केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, डा विशद दाहालको निलम्बन फिर्ता

काठमाडौं- काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलरत विद्यार्थीबीच सहमति भएको छ। बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको हो।

केएमसीका प्रथम डिन एनबी राणा, हालका डिन मनोज हुमागाईं, केएमसीसहित अन्य मेडिकल कलेजका विद्यार्थीहरु सहभागी बैठकमा फिल्ड वर्कसम्बन्धी निर्देशिका बनाउने, निर्देशिका नबनुन्जेलसम्म विद्यार्थीलाई असर नपर्ने गरी पठाउने सहमति भएको छ।

फिल्ड वर्कका विषयमा डा दाहाललाई केएमसीले एक महिनाका लागि निलम्वन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *